काठमाडौं । नेपाल बैंक लिमिटेडका मोबाइल बैंकिङ प्रयोगकर्ता आफैंले पासवर्ड रिसेट गर्न सकिने भएको छ । बैंकले आफ्ना ग्राहकका लागि पासवर्ड रिसेट तथा परिवर्तन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
यसअघि बैंकका ग्राहकले पासवर्ड बिर्सिँदा बैंकमै सम्पर्क राख्नुपर्ने बाध्यता रहेको थियो ।
कसरी गर्ने रिसेट ?
-फर्गट पासवर्ड (Forgot Password) बटनमा ट्याप गर्नुहोस् ।
-आफ्नो मोबाइल नम्बर, अकाउन्ट नम्बर, जन्ममिति राखी 'Next' बटनमा ट्याप गर्नुहोस् ।
-एसएमएसमा आएको एक्टिभेसन कोड राखी आफ्नो पासवर्ड र पिन परिवर्तन गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: साउन १, २०८० १५:२६
