close

रास्वपा उपसभापति डोल प्रसाद अर्याललाई मेसेज पठाई ज्यान मार्ने धम्की दिने कालिकोटे पक्राउ

टेकपाना टेकपाना

साउन १, २०८० १९:५४

रास्वपा उपसभापति डोल प्रसाद अर्याललाई मेसेज पठाई ज्यान मार्ने धम्की दिने कालिकोटे पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ घर भई हाल काठमाडौं बूढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने ३८ वर्षीय विजय कालिकोटे रहेका छन् ।

गत असार १९ गते राति १ः२६ बजेको समयमा उपसभापति अर्याललाई मेसेज पठाई धम्की दिएको भन्ने जाहेरी प्राप्त भएपछि जिल्ला प्रहरी परिसबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कालिकोटे पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: साउन १, २०८० १९:५४