close

महिलासँगको अश्लील भिडिओ च्याट उनका आफन्तलाई पठाउने पुरुष पक्राउ

टेकपाना टेकपाना

साउन ४, २०८० १८:५०

महिलासँगको अश्लील भिडिओ च्याट उनका आफन्तलाई पठाउने पुरुष पक्राउ

 

काठमाडौं । सामाजिक सञ्जालका माध्यमबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २७ वर्षीय चन्दन राजवंशी रहेका छन् ।

साइबर ब्यूरोका अनुसार आरोपित राजवंशी सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मबाट महिलासँग जोडिएका थिए । महिलासँग अनलाइनमा कुरा गर्दै जाँदा उनीहरूबीच सम्बन्ध घनिष्ठ हुँदै गयो । त्यही समयमा उनीहरूबीच अन्तरङ्ग भिडिओ कल भयो ।

राजवंशीले उक्त भिडिओ कल रेकर्ड गरेर राखेका थिए । पछि त्यही अन्तरङ्ग भिडिओ कलको आडमा उनले महिलालाई ब्ल्याकमेल गर्न थाले । त्यति मात्र नभइ उनले ती भिडिओ महिलाका आफन्त तथा सामाजिक सञ्जालका साथीहरूलाई पठाइदिए ।

यसरी आफ्नो चरित्रहत्या गरेको भन्दै महिलाले साइबर ब्यूरोमा निवेदन दिइन् । ब्यूरोले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा त्यस कार्यमा संलग्न राजवंशी पक्राउ परेका हुन् ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बुधबार पक्राउ गरिएकाे हो । उनीमाथि थप अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८० १८:५०