close

चौबिसै घण्टा सञ्चालन हुने तयारीमा 'हेलो सरकार'

टेकपाना टेकपाना

साउन ६, २०८० १३:१६

चौबिसै घण्टा सञ्चालन हुने तयारीमा 'हेलो सरकार'

काठमाडौं । सरकारले ‘हेलो सरकार’ लाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । सार्वजनिक सेवालाई प्रभावकारी बनाउन चौबिसै घण्टा ‘हेलो सरकार’ सञ्चालन गर्ने तयारी भएकाे हाे ।

योसँगै अब चौबिसै घण्टा गुनासो सुनाउन सकिने छ । हाल बिहान ७ बजेदेखि राति ९ बजेसम्म मात्रै हेलाे सरकारकाे सेवा सञ्चालनमा छ ।

२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा हेलो सरकार कार्यान्वयन भएको थियो । तर त्यसपछि बनेका सरकारले खासै प्राथमिकता दिएनन् ।  

सरकारले उपसचिव प्रद्युम्न उपाध्यायको नेतृत्वमा हेलो सरकारको विषयमा अध्ययन गर्न समिति बनाएको थियो । अध्ययन समितिले एक महिना अध्ययन गरेर नीतिगत, संरचनागत, जनशक्ति, प्राविधिक व्यवस्थापन गरेर हेलो सरकार प्रभावकारी बनाउन सकिने सुझाव दिएको छ । 

हेलो सरकारको गुनासो सुन्न कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर प्रभावकारी बनाउने तयारी भइरहेकाे बताइएको छ । 

हेलो सरकारमा यातायात व्यवस्था कार्यालय, प्रहरी कार्यालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, मालपोत कार्यालय लगायतका निकायका सेवा प्रवाहसँग जोडिएका गुनासो आउने गरेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८० १८:४३