close

आईफोनमा एउटै हातले टाइपिङ गर्न चाहनु हुन्छ ? यसरी मिलाउनु होस् सेटिङ

टेकपाना टेकपाना

साउन १२, २०८० ११:५८

आईफोनमा एउटै हातले टाइपिङ गर्न चाहनु हुन्छ ? यसरी मिलाउनु होस् सेटिङ

काठमाडौं । अहिलेको समयमा मोबाइल फोन दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । यतिसम्म कि प्रयोगकर्ताले अरु जरुरी काम बिर्सिन सक्लान्, तर आफ्नो मोबाइल भने बिर्सिन नसक्ने स्थिति छ ।

यस्तोमा कतिपय व्यक्तिमा कुनै अर्को काम गर्दागर्दै फोन पनि सँगसँगै चलाउने बानि समेत बस्न थालेको छ । मानिसहरूका यस किसिमका परिवर्तित आवश्यकतालाई समेत विचार गर्दै मोबाइल निर्माता कम्पनीहरूले नयाँ नयाँ फिचर ल्याइरहेका हुन्छन् ।

आज हामी तपाईंलाई तिनै मध्येको एक, एउटै हातले आईफोनमा सहजै टाइपिङ गर्न सकिने फिचरको बारेमा बताउँदै छौं ।

  • यसका लागि सबैभन्दा पहिला आईफोनको सेटिङ हुँदै जनरलमा जानुहोस् ।
  • अब त्यहाँ अलि तल जानु भयो भने किबोर्डस् फेला पार्नुहुनेछ, त्यसमा ट्याप गर्नुहोस् ।
  • त्यसको सुरुतिर रहेको वन ह्यान्डेड किबोर्ड (One Handed Keyboard) मा जानुहोस् र दायाँ (Right) वा बायाँ (Left) कुन हातले टाइपिङ गर्न चाहनु, सोही अनुसारको विकल्प चयन गर्नुहोस् ।
  • यति गरिसकेपछि तपाईंले आफ्नो आईफोनमा सहजै एक हातले टाइपिङ गर्न सक्नु हुन्छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८० ११:५८