close

ट्वीटडेकलाई एलन मस्कले दिए नयाँ नाम ‘एक्सप्रो’, भेरिफाइड प्रयोगकर्ताले प्रयोग गर्न पाउने

टेकपाना टेकपाना

साउन १८, २०८० ८:४८

ट्वीटडेकलाई एलन मस्कले दिए नयाँ नाम ‘एक्सप्रो’, भेरिफाइड प्रयोगकर्ताले प्रयोग गर्न पाउने

काठमाडौं । ट्वीटरका रूपमा चिनिने ‘एक्स’ले ट्वीटडेकलाई एक्सप्रो नाम दिएको छ । माइक्रो ब्लगिङ प्लेटफर्म ट्वीटरलाई एक्समा रिब्रान्ड गर्ने क्रममा ट्वीटडेकलाई एलन मस्कले नयाँ नाम दिएका हुन् । यससँगै @tweetdeck ह्यान्डल भएको उक्त फिचरको नयाँ ह्यान्डल @pro राखिएको छ ।

यद्यपि एक्सको हेल्प पेजमा भने ट्वीटर र ट्वीटडेक अझै पनि मेन्सन गरिएको छ । ट्वीटडेट ट्वीटरको यस्तो टुल हो जसको सहयताले प्रयोगकरताले आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्छन् ।

एलन मस्कले गत हप्ता ट्वीटर रिब्रान्ड गर्ने घोषणा गरेसँगै क्रमिक रूपमा यस प्लेटफर्ममा विभिन्न कुरा परिवर्तन गरिएको छ । यही समयमा मस्कले एक्सप्रोमा विभिन्न किसिमका प्लगइन्स रहने बताएका छन् । यद्यपि कस्तो किसिमको प्लगइन्स हुन् भन्ने बारेमा उनले केही खुलाएका छैनन् । 

गत महिना केही प्रयोगकर्ताले ट्वीट डेक्समा पहुँच नपाएको गुनासो गरेका थिए । पछि कम्पनीले एक पोस्ट राख्दै ट्वीटडेक टुलको नयाँ भेरिफाइड प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने उल्लेख गरेको थियो ।

जुलाई ४ मा कम्पनीले भेरिफाइड प्रयोगकर्ताले मात्र उक्त टुल प्रयोग गर्न पाउने भनेको भए पनि हालसम्म उक्त टुल सबै प्रयोगकर्ताले प्रयोग गर्न पाइरहेका छन् । पछिल्लो समय मस्कले वेब भर्सनमा देखिने ट्वीटको बटनलाई हटाएर पोस्ट राखेका छन् । यससँगै ट्वीट शब्दलाई पोस्ट भनिने कम्पनीले सङ्केत दिएको छ ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८० ८:५९