काठमाडौं । नेपालमा प्लेयर अननोन ब्याटल ग्राउन्ड (पब्जी) मोबाइल गेमका सक्रिय प्रयोगकर्ता ११ लाख रहेको पाइएको छ । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले एक पोस्ट राख्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
“नेपाल ११ लाखको सक्रिय पब्जी मोबाइल गेमरहरूको घर हो,” कम्पनीले पोस्टमा लेखेको छ ।
कम्पनीले हालै पब्जीसँग सहकार्य गरेर नेपालमा गेमर्स प्याक सार्वजनिक गरेको थियो । विशेषगरी पब्जी खेल्ने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले मासिक ११५० रुपैयाँदेखि सुरु हुने गेमर्स प्याकेज ल्याएको छ ।
पब्जीसँग आधिकारिक रूपमा नै सहकार्य गरेका कारण कम्पनीले सार्वजनिक गरेको तथ्याङ्क सही भएको आँकलन गर्न सकिन्छ । यद्यपि वर्ल्डलिङ्कले उक्त तथ्याङ्कको आधिकारिकता भने उल्लेख गरेको छैन ।