काठमाडौं । हेलो सरकारमा एनसेल नम्बरबाट समेत निःशुल्क कल गरेर गुनासो टिपाउन सकिने भएको छ । यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्ण रूपमा समाधान भएकाे हेलाे सरकारले जनाएकाे छ ।
अब नेपाल टेलिकम र एनसेल दुवै माेबाइल सेवाप्रदायकका प्रयाेगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्नेछन् । त्यस्तै ट्वीटर, ह्वाट्सएप, भाइबर, ईमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिने छ ।
नागरिकको गुनासो सुन्न यस सेवालाई सरकारले चाैबिसै घण्टा सञ्चालन गरिरहेको छ ।