close

अपराध अनुसन्धानमा सहयोग गरेको भन्दै एनसेललाई नेपाल प्रहरीको सम्मान

टेकपाना टेकपाना

भदौ ६, २०८० १९:१२

अपराध अनुसन्धानमा सहयोग गरेको भन्दै एनसेललाई नेपाल प्रहरीको सम्मान

काठमाडौं । नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ ।

कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मूल्याङ्कन स्वरुप प्रशंसा पत्र प्रदान गरको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले प्रशंसा पत्र प्रदान गरेका थिए ।

नेपाल प्रहरीले प्रहरी दिवसको अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरेको थियो ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८० १९:१२