खगेन्द्र सङ्ग्रौला भन्छन्: म फेसबुक चलाउँदिन, कसको हो १ लाख बढी फलोअर भएको आईडी ?
भदौ ९, २०८० १९:५९
काठमाडौं । लेखक खगेन्द्र सङ्ग्रौलाले आफूले फेसबुक नचलाएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै सङ्ग्रौलाले शुक्रबार आफ्नो नाममा रहेको फेसबुक पेज आफ्नो नभएको बताएका हुन् ।
“म फेसबुक चलाउँदिनँ,” उनले एक्समा लेखेका छन्, “मेराे नाममा फेसबुकमा कसैले अनर्गल कुरा लेखेर भ्रम फैलाउन खाेज्या छ भन्ने कुरा एक मित्रबाट सुनेँ । त्याे मेराे फेसबुक हाेइन,त्याे म हाेइन ।”
३० नोभेम्बर २०१५ मा खोलिएको पेजको बायोमा लेखिएको छ, “यो उनको एक पाठकद्वारा प्रशासित पेज हो ।?”
विशेषगरी विभिन्न अनलाइन पोर्टलमा आउने सङ्ग्रौलाका लेखहरू राखिने सो पेजमा कहिलेकाहीं एक्सका पोस्ट वा स्क्रिनशट राखिएका छन् । त्यसबाहेक उनकै लवजका अन्य पोस्टहरू राखिएका छन् ।
हाल उक्त पेजबाट चार ओटा पेज फलो गरिएको छ भने एक लाख आठ हजार बढी फलोअर रहेका छन् ।
म फेसबुक चलाउँदिनँ।मेराे नाममा फेसबुकमा कसैले अनर्गल कुरा लेखेर भ्रम फैलाउन खाेज्या छ भन्ने कुरा एक मित्रबाट सुनेँ।त्याे मेराे फेसबुक हाेइन,त्याे म हाेइन।
— Khagendra Sangroula (@belakoboli) August 25, 2023
पछिल्लो अध्यावधिक: भदौ ९, २०८० २०:६
