close

महावीर पुनको जीवनी समेटिएको पुस्तक प्रि-अर्डरका लागि खुला, मूल्य रु. ७५०

टेकपाना टेकपाना

भदौ १३, २०८० १५:५१

महावीर पुनको जीवनी समेटिएको पुस्तक प्रि-अर्डरका लागि खुला, मूल्य रु. ७५०

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो पुस्तकको प्रि-अर्डर खुलाएका छन् । मंगलबार सामाजिक सञ्जालमा पोस्ट राख्दै उनले प्रि-अर्डर खुलाएका हुन् । उनको जीवन कथामा आधारिक पुस्तकको मूल्य ७६० रुपैयाँ तोकिएको छ ।

३०० पेजको सो पुस्तक विभिन्न तरिकाले प्रि-अर्डर गर्न सकिन्छ । टेकपानासँग कुरा गर्दै पुनले कति पुस्तकको अर्डर आउँछ, त्यसैलाई आधार बनाएर पुस्तक छाप्ने योजना बनाएको सुनाए ।

“हामीले कति पुस्तक छाप्ने भन्ने योजना बनाएका छैनौं,” उनले भने, “त्यसैको सर्वेक्षण गर्न र पुस्तकको सङ्ख्या अड्कल गर्न लिङ्क सार्वजनिक गरेका हौं ।”

नेपालभित्र वा नेपालबाहिर बस्ने जोसुकैले आवश्यक पुस्तकको सङ्ख्या तोकी प्रि-अर्डर गर्न सक्नेछन् । प्रि-अर्डर वा पुस्तक खरिद गर्न इच्छा लागेका व्यक्तिले यहाँ क्लिक गरी फारम भर्न सक्नेछन् ।

त्यस्तै प्रि-अर्डर गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्र (Rastriya Awiskar Kendra) को नाममा रहेको नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखा (Nepal Bank Ltd, Kirtipur Branch) को खाता नम्बर (Account Number): 04500107021517000006 मा ७५० रुपैयाँ पठाउनुपर्ने हुन्छ ।

रकम पठाएको भौचर इमेल ([email protected]) वा ९८४१५९२३६१ मा रहेको ह्वाट्सएप, भाइबर, एसएमएस आदिमा पठाउन सकिनेछ । त्यसबाहेक अन्य कुराहरू सोध्नुपरे पुनले आफ्नै नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

पुनको सम्पर्क नम्बर ९८४१५९२३६१ रहेको छ । पुस्तकको डेलिभरी चार्ज पछि नै तोकिने उनले उल्लेख गरेका छन् ।

पुस्तक अबको तीन हप्तामा पाठकले पाउने उनको भनाइ छ । उनका अनुसार पुस्तक बिक्री गरेर आएको सम्पूर्ण रकम वीरगञ्जकाे कृषि औजार कारखाना मर्मत गर्ने काममा तत्कालै खर्च हुनेछ ।

पछिल्लो अध्यावधिक: भदौ १३, २०८० १५:५३