close

सूर्यको अध्ययन गर्न भोलि अन्तरिक्ष यान प्रक्षेपण गर्दै भारत, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

भदौ १५, २०८० १९:१०

सूर्यको अध्ययन गर्न भोलि अन्तरिक्ष यान प्रक्षेपण गर्दै भारत, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले भोलि शनिवार आदित्य- एल वन (Aditya L1 Mission)प्रक्षेपण गर्ने भएको छ । चन्द्रयान सफलतापूर्वक अवतरण गरेको १० दिन नपुग्दै भारतले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएको हो ।

सामाजिक सञ्जाल एक्समार्फत इसरोले आदित्य- एल वन प्रक्षेपण गर्ने घोषणा गरेको हो । इसरोका अनुसार सो यान शनिवार बिहान ११ः५० बजे (नेपाली समय अनुसार दिउसो १२ः०५ बजे) प्रक्षेपण हुनेछ ।

भारतको श्रिहरिकोट स्थित शतिश धवन स्पेस सेन्टरबाट सो यान प्रक्षेपण हुनेछ । आदित्य- एल वन प्रक्षेपण भएको दृश्य सामाजिक सञ्जालका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रक्षपण हुने इसरोले जनाएको छ ।

विशेषगरी पेसबुक, युट्युब, इसरोको वेबसाइट र डूडू नेसनल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । वेबसाइटबाट लाइभ हेर्न यहाँ, फेसबुकबाट लाइभ हेर्न यहाँ र युट्युबबाट लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

इसरोका अनुसार सो आदित्य- एल वन यानबाट प्रक्षेपण हुने स्याटलाइटलाई सूर्य-पृथ्वी प्रणाली ल्यागरेन्ज प्वाइन्ट (Lagrange Point) (एल वान) मा रहेको हलो कक्ष (Halo orbit) मा राखिनेछ । यो विन्दु पृथ्वीभन्दा १५ लाख किलोमिटर माथि छ ।

एल वन विन्दुमा रहेको हलो अर्बिटमा राखिने स्याटलाइटले सूर्यलाई प्रत्यक्ष रूपमा देख्न सक्नेछ । र, त्यसबाट सूर्यको अध्ययन गर्न सकिने इसरोले जनाएको छ । ​विशेषगरी सौर्य गतिविधि र वास्तविक समयमा त्यसले अन्तरिक्ष मौसममा पार्ने प्रभावबारे अध्ययन हुने बताइएको छ । 

सम्बन्धित समाचारः चन्द्रमाको सफलतापछि सूर्यको अध्ययन गर्न शनिवार ‘आदित्य एल १’ प्रक्षेपण गर्दै भारत

पछिल्लो अध्यावधिक: भदौ १६, २०८० १२:४४