close

सूर्यको अध्ययन गर्न भारतले पठायो ‘आदित्य- एल वन’ यान, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

भदौ १६, २०८० १२:८

सूर्यको अध्ययन गर्न भारतले पठायो ‘आदित्य- एल वन’ यान, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आज आदित्य- एल वन (Aditya L1 Mission) प्रक्षेपण गरेको छ । नेपाली समय अनुसार मध्यान्ह १२ः०५ बजे इसराेले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान प्रक्षेपण गरेको हो ।

भारतको श्रिहरिकोट स्थित शतिश धवन स्पेस सेन्टरबाट उक्त यान प्रक्षेपण गरिएकाे छ । १२५ दिने मिसनमा उडेकाे आदित्य- एल वन पृथ्वीको कक्षमा १६ दिनसम्म रहनेछ । चार महिनाको यात्रापछि उपग्रहलाई सूर्यको परिक्रमा गर्ने कक्षको एलवन विन्दुमा राखिने बताइएकाे छ । यो विन्दु पृथ्वीभन्दा १५ लाख किलोमिटर माथि छ । 

एल वन विन्दुमा रहेको हलो अर्बिटमा राखिने स्याटलाइटले सूर्यलाई प्रत्यक्ष रूपमा देख्न सक्नेछ । र, त्यसबाट सूर्यको अध्ययन गर्न सकिने इसरोले जनाएको छ । ​विशेषगरी सौर्य गतिविधि र वास्तविक समयमा त्यसले अन्तरिक्ष मौसममा पार्ने प्रभावबारे अध्ययन हुने बताइएको छ ।

प्रक्षेपण भएको दृश्य फेसबुक, युट्युब, इसरोको वेबसाइट र डूडू नेसनल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेकाे छ । वेबसाइटबाट लाइभ हेर्न यहाँ, फेसबुकबाट लाइभ हेर्न यहाँ र युट्युबबाट लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: भदौ १६, २०८० १२:४४