close

स्वर्गीय सुवास नेम्बाङप्रति अनलाइनबाट श्रद्धाञ्जली दिन सकिने

टेकपाना टेकपाना

भदौ २७, २०८० १५:१८

स्वर्गीय सुवास नेम्बाङप्रति अनलाइनबाट श्रद्धाञ्जली दिन सकिने

काठमाडौं । हृदयाघातका कारण मंगलबार बिहान निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति अनलाइनबाट श्रद्धाञ्जली व्यक्त गर्न सकिने व्यवस्था गरिएको छ ।

एमालेले आफ्नो आधिकारिक वेबसाइटमा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न सकिने व्यवस्था ल्याएको हो । पार्टीको वेबसाइट ‘सीपीएनयूएमल डट ओआरजी’मा गई श्रद्धाञ्जली दिन सकिनेछ ।

स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहने तर पार्टी कार्यालय जान नसकेकाहरूका लागि यो व्यवस्था गरिएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८० १५:१८