close

ब्यालेन्स रिचार्जमा ८ जीबीसम्म डेटा बोनस दिँदै टेलिकम

टेकपाना टेकपाना

भदौ ३०, २०८० २२:१६

ब्यालेन्स रिचार्जमा ८ जीबीसम्म डेटा बोनस दिँदै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले ब्यालेन्स रिचार्जमा ८ जीबीसम्म डेटा बोनस दिने भएको छ । भदौ ३१ देखि असोज ६ गतेसम्मका लागि ल्याएको चाडबाड अफर अन्तर्गत कम्पनीले रिचार्जमा बोनस दिने भएको हो ।

एमपोस वा फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा ग्राहकले बोनस अन रिचार्जको रूपमा डेटा प्याकेज पाउनेछन् । यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डेटा उपलब्ध हुनेछ ।

त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८० २२:१६