close

प्रहरी भन्छः फिफियामा संलग्नलाई खोजी खोजी कारबाही गर्छौं

टेकपाना टेकपाना

असोज ७, २०८० १५:३८

प्रहरी भन्छः फिफियामा संलग्नलाई खोजी खोजी कारबाही गर्छौं

काठमाडौं ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेटवर्किङ शैलीको अवैध अनलाइन सट्टेबाजीमा संलग्न जोकोहीलाई खोजेर कारबाही गर्ने चेतावनी दिएको छ । नेपालमा नेटवर्किङ शैलीको सट्टेबाजी प्लेटफर्म फिफियाको प्रयोग अत्यधिक बढेको भन्दै कार्यालयले संलग्नलाई खोजेर पक्राउ गर्ने चेतावनी दिएको हो ।

“पछिल्लो समय यो फिफिया भन्ने अवैध अनलाइन सट्टेबाजीमा पैसा राख्नेहरू बढेको पाइएको छ,” टेकपानासँग कुरा गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले भने, “हामी अहिले यो विषयमा अनुसन्धान गर्दै छौं । यसमा संलग्न जोकोही भए पनि खोजेर कारबाही गर्छौं ।”

आफ्नो रकम डुबेपछि उजुरी दिनेहरूको सङ्ख्या बढ्न थालेको कार्यालयले जनाएको छ । प्रहरी आफैं पनि यो विषयमा सक्रिय भएर अनुसन्धान गरिरहेको रेग्मीले सुनाए । 

बिहीवार मात्र कार्यालयबाट खटिएको प्रहरी टोलीले सो प्लेटफर्ममा आबद्ध भएकी २८ वर्षीया दादिला शेर्पा (राई)लाई पक्राउ गरेको थियो । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार काठमाडौंको टोखा नगरपालिकामा फिफियाको कार्यालय नै सञ्चालन गरेर कारोबार गरिरहेको अवस्थामा शेर्पालाई मङ्गलवार राति ९ बजे पक्राउ गरिएको थियो ।

सो कार्यालयमा राखिएको उनकै नामबाट खोलिएको फिफिअ इन्टरनेट मिडिया प्रालिको प्रमाणपत्र समेत प्रहरीले जफत गरेको छ । कार्यालयले उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ । 

 

सम्बन्धित समाचारः 

अवैध धन्दा पर्दाफास भएपछि पैसा फिर्ता लिन चाहनेलाई १०० डलर तिर्न बाध्य पार्दै फिफिया

एजेन्ट पक्राउ परेपछि फिफियामा रकम जम्मा गर्नेहरू तनावमा

‘फिफिया’ नाममा नेपालमा मौलाउँदै नेटवर्किङ शैलीको अनलाइन सट्टेबाजी

अवैध जुवा एप ‘फिफिया’ मार्फत ११ लाख ठगी गर्ने युवती पक्राउ


 

 

पछिल्लो अध्यावधिक: असोज ७, २०८० १५:३८