close

दराजको मोबाइल एपमा अब अनलाइन गेम खेल्न सकिने

टेकपाना टेकपाना

असोज ९, २०८० २०:२४

दराजको मोबाइल एपमा अब अनलाइन गेम खेल्न सकिने

काठमाडौं । अब दराज एपका प्रयोगकर्ताले अनलाइन किलमेलसँगै गेम समेत खेल्न पाउने भएका छन् । दराज नेपालले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै एपमा थप संलग्न गराउने उद्देश्यले मङ्गलवार ‘दराज क्यान्डी’ नामक अनलाइन गेम सार्वजनिक गरेको हो । 

दराज एपका प्रयोगकर्ताले यो गेम सजिलै खेल्न सक्छन् । यो खेलमा प्रयोगकर्ताले तीन वा त्यो भन्दा धेरै एकै रङ्गका क्यान्डीलाई एकै ठाँउमा मिलाउनु पर्छ । 

यसरी मिलाएपछि मिलेका क्यान्डी हराउँछन् र माथिका बाँकी क्यान्डी खाली ठाँउमा झर्छन् । यो खेलबाट प्रयोगकर्ताले जेम प्राप्त गर्न सक्छन्, जुन खेलको आधारमा हरेक दिन उनीहरूलाई प्रदान गरिन्छ । दराज लोयल्टी क्लबका सदस्यले यस्तो जेम् प्रयोग गरी दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

 

पछिल्लो अध्यावधिक: असोज ९, २०८० २०:२४