काठमाडौं । गुगलले जिमेलमा हुने एचटीएमएल भ्यूलाई सदाका लागि बन्द गर्ने भएको छ । सपोर्ट पेजमा एक ब्लग लेख्दै गुगलले यसबारे जानकारी दिएको हो ।
योसँगै आउँदो जनवरी २०२४ देखि प्रयोगकर्ताहरूले जिमेललाई एचटीएमएल भ्यूमा चलाउन पाउने छैनन् । गुगलका अनुसार एचटीएमएल भ्यू चलाइरहेका प्रयोगकर्ताहरूले अब थप आधुनिक र 'स्यान्डर्ड' भ्यू देख्न पाउने छन् ।
जिमेलको बेसिक (आधारभूत) लेआउटको रूपमा रहेको एचटीएमएल भ्यू बन्द हुने भएसँगै सामान्य र पुरानो समयको ईमेल अनुभव सदाका लागि बन्द हुने भएको छ ।
अहिले अधिकांश जिमेल प्रयोगकर्ताहरूले एचटीएमएल भर्सनको साटो स्ट्यान्डर्ड भ्यू नै प्रयोग गर्छन् । यद्यपि चाँडो लोड हुने, पुराना डिभाइसमा चल्ने, इन्टरनेट स्लाे भएको ठाउँमा पनि प्रयाेग गर्न सकिने जस्ता फाइदा एचटीएमएल संस्करणमा छन् ।
सन् २००४ मा जिमेल सार्वजनिक भएसँगै गुगलले एचटीएमएल भ्यू पनि ल्याएको थियाे ।
जिमेलमा हुने एचटीएमएल भ्यू
गुगलले आफ्नो पुराना उत्पादन तथा सेवा बन्द गर्ने कदमलाई जारी राखेको छ । यसअघि कम्पनीले पिक्सेल पास, गुगल करेन्ट, नेस्ट सेक्योर जस्ता सेवा बन्द गरेकाे थियाे ।