close

मिल्दो नाम राखेर नोक्सानी पुर्‍याएको भन्दै एलन मस्कको एक्समाथि मुद्दा

टेकपाना टेकपाना

असोज १६, २०८० ११:१०

मिल्दो नाम राखेर नोक्सानी पुर्‍याएको भन्दै एलन मस्कको एक्समाथि मुद्दा

काठमाडौं । मिल्दोजुल्दो नाम राखेर नोक्सानी पुर्‍याएको भन्दै एलन मस्कको कम्पनी एक्स कर्पोरेसन विरुद्ध मुद्दा परेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार फ्लोरिडाको एड एजेन्सी कम्पनी एक्स सोसल मिडिया एलएलसीले सङ्घीय अदालतमा सोमवार मुद्दा दायर गरेको हो । 

मस्कले ट्वीटरको नाम परिवर्तन गरी एक्स राख्दा त्यसले अनुचित प्रतिस्पर्धा तथा ट्रेडमार्कको उलङ्घन गर्नुका साथै  भ्रामक र अनुचित व्यापार अभ्यास गरेको सो कम्पनीको आरोप छ । एक्स सोसल मिडिया सन् २०१६ देखि निरन्तर सञ्चालनमा आएको कम्पनी हो । 

एलन मस्कले मिल्दोजुल्दो नाम राख्दा आफ्नो आम्दानी घटेको समेत उसको दाबी छ । यो सन्दर्भमा एक्स सोसल मिडियाको मुद्दा कति बलियो हुन्छ स्पष्ट छैन । 

कानूनका प्राध्यापक अलेक्जान्ड्रा रोबर्ट्सलेभर्जसँगको कुराकानीमा गत वर्ष नै एक्स कर्पोरेसनमाथि कुनै न कुनै कम्पनीले मुद्दा दायर गर्ने अनुमान गरेका थिए । 

यस्तो छ उजुरी पत्र

 

पछिल्लो अध्यावधिक: असोज १६, २०८० ११:१०