close

एनसेलले ल्यायो ‘अलवेज अन डेटा’ प्याक, २८ दिनका लागि रु. १०० मा १ जीबी डेटा पाइने

टेकपाना टेकपाना

असोज १६, २०८० १२:५८

एनसेलले ल्यायो ‘अलवेज अन डेटा’ प्याक, २८ दिनका लागि रु. १०० मा १ जीबी डेटा पाइने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सस्तो दरमा लामाे समयसम्म मोबाइल डेटा प्रयोग गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ‘अलवेज अन डेटा’ प्याक ल्याएको छ । यसअन्तर्गत ग्राहकले रु. १०० मा २८ दिनसम्म प्रयाेग गर्न मिल्ने गरी १ जीबी डेटा पाउँछन् । *१७१२३# डायल गरी प्राप्त जानकारी अनुसार यो प्याक एक्टिभेट गर्न सकिने छ ।

यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपेको छ । यस अन्तर्गत ग्राहकले अब रु. १९१ मा सात दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्राम पहुँचको फाइदा लिन सक्नेछन् । ग्राहकले *१७१२३*५*६# डायल गरेर यो प्याक लिन सक्छन् ।

त्यस्तै, कर सहित रु. ४५९ मा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिनसम्म १.५ जीबी डेटा लिन सक्छन् । यस बाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक *१७१२३*५*७# डायल गरेर लिन सकिन्छ ।

अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रही सधैं सम्पर्कमा बसिरहन ठूलो भूमिका खेल्ने एनसेलले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८० १३:४९