काठमाडौं । ओएसआर डिजिटल नेपालका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् ।
चलचित्र ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतकाे उजुरीपछि अग्रवाललाई गत शुक्रबार प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरी प्रहरी वृत्त बौद्ध प्रहरीलाई बुझाएको छ । प्रहरी वृत्त बौद्धका एक अधिकारीले अग्रवालमाथि अनुसन्धान जारी रहेकाे जानकारी दिए ।
ओएसआरले 'प्रसाद २' चलचित्रको डिजिटल अधिकार लिएकाे थियाे । यद्यपि उजुरी दिनुको स्पष्ट कारण र विवाद के थियो भन्ने जानकारी बाहिर आइसकेको छैन ।