काठमाडौं । विश्वभर साइबर सुरक्षा प्रदायक कम्पनीको मूल्याङ्कन गर्दै आएको संस्था एमएसएसपी अलर्टले २०२३ का शीर्ष २५० साइबर सुरक्षा प्रदायक कम्पनीको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट दुई कम्पनी क्रिप्टोजेन नेपाल र ग्रिन टिक नेपाल पर्न सफल भएका छन् ।
एमएसएसपी अर्लटले विश्वभर उत्कृष्ट साइबर सुरक्षा सेवा प्रदान गर्दै आएका कम्पनीको गतिविधि, प्रगति, व्यापार वृद्धि दर, वार्षिक आम्दानी, उनीहरूले पारेको प्रभाव आदिका बारेमा मूल्याङ्कन गरी वर्षेनि रिपोर्ट प्रकाशन गर्दै आएको छ ।
सोही मूल्याङ्कनका आधारमा संस्थाले विश्वका उत्कृष्ट २५० कम्पनी छनोट गरेको हो ।
सन् २०२२ मा विश्वका उत्कृष्ट २५० साइबर सुरक्षा कम्पनीको सूचीमा नेपालका तीन कम्पनी छनोट परेका थिए । जसमध्ये क्रिप्टोजेन नेपाल शीर्ष २२० औं , ग्रिनटिक नेपाल शीर्ष २३३ औं र भैरव टेक्नोलोजी शीर्ष २४० औँ स्थानमा परेका थिए । २०२३ मा भने भैरव टेक्नोलोजी उक्त सूचीमा परेको छैन ।