close

सजिलो पेबाट फ्लाइट टिकेट किन्दा रु. १००० सम्म क्याशब्याक, पाँच जनालाई सामसङ फोन

टेकपाना टेकपाना

असोज ३०, २०८० १२:३०

सजिलो पेबाट फ्लाइट टिकेट किन्दा रु. १००० सम्म क्याशब्याक, पाँच जनालाई सामसङ फोन

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक सजिलोपेले दशैं र तिहारको अवसरमा आफ्ना प्रयोगकर्ताहरूका लागि अफर ल्याएको छ । आगामी मंसिर ४ गतेसम्म सञ्चालन हुने यस अफर अन्तर्गत सजिलोपे प्रयोगकर्ताहरूले उडान टिकेटमा क्यासब्याक र सामसङ मोबाइल जित्न सक्नेछन् ।

सजिलो पेका अनुसार प्रयोगकर्ताहरूले उडान टिकेटमा रु. ११९ देखि एक हजार रूपैयाँसम्म क्याशब्याक पाउन सक्नेछन् । त्यस्तै अफर अवधिमा सजिलोपे मार्फत कुनै पनि सेवाको कम्तीमा पाँच ओटा कारोबार गर्ने प्रयोगकर्ताहरूले रु. २० हजारसम्मको आकर्षक उपहार ह्याम्पर जित्न योग्य हुनेछन् ।

त्यस्तै एक भाग्यशाली प्रयोगकर्ताले २० हजार मूल्य बराबरको सामसङ स्मार्टफोन जित्न सक्नेछन् ।

अफर प्राप्त गर्न प्रयोगकर्ताहरूले सजिलोपे एप डाउनलोड गरी भुक्तानी कारोबार गर्नुपर्नेछ । प्रयोगकर्ताहरूले मर्चेन्टको सजिलोपे क्यूआर प्रयोग गरेर पनि भुक्तानी गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० १२:३८