टेकपाना
कात्तिक १६, २०८० १७:१
काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ एसिया छनोट अन्तर्गत भोलि हुने नेपाल र यूएइबीचको खेलका लागि ३५ सय संख्यामा अनलाइन टिकेट उपलब्ध गराइएकाे छ ।
मुलपानी क्रिकेट मैदानमा विहान ११ बजेदेखि सुरू हुने उक्त खेलका लागि आइएमई पे वालेटबाट ३०० रूपैयाँमा टिकेट खरिद गर्न मिल्ने व्यवस्था छ ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले मैदानमा टिकट बुथ नहुने र सीमित संख्यामा मात्र अनलाइन टिकेट उपलब्ध गराइएकाे जनाएकाे छ ।
क्यानले दर्शकहरूलाई सकभर घरमै बसेर खेल हेर्न अनुरोध गरेको छ ।
साथै क्यान र क्रिकेटसँग सम्बन्धित अतिथिहरूलाई समेत सेमिफाइनल खेलको पास वितरण नगरिएकाले घरमै बसेर खेल हेर्दै सहयोग गरिदिन पनि क्यानले अनुरोध गरेको छ ।
(*समाचारमा ३५०० टिकेट संख्या हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सं.)
पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८० १७:२५