close

कोशी प्रदेशमा टेलिकमका पूर्वाधार अन्य सेवा प्रदायकले पनि प्रयोग गर्न पाउने

टेकपाना टेकपाना

मंसिर २९, २०८० ११:१५

कोशी प्रदेशमा टेलिकमका पूर्वाधार अन्य सेवा प्रदायकले पनि प्रयोग गर्न पाउने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले कोशी प्रदेशमा आफ्ना पूर्वाधार सहप्रयोगका लागि उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रवार एक सूचना जारी गर्दै प्रदेशका विभिन्न रूपमा तयार भएको अप्टिकल फाइबर अन्य सेवा प्रदायकले भाडामा प्रयोग गर्नसक्ने जानकारी दिएको हो ।

‘‘नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच भएको सम्झौता अन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) मार्फत कोशी प्रदेशका विभिन्न रूटहरूमा अप्टिकल फाइबर लाइन तयार भएका छन्,’’ टेलिकमले जारी गरेको सूचनामा भनिएको छ, ‘‘तयार भएको फाइबर लाइन लिजमा लिन इच्छुक दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त व्यक्तिलाई निवेदनका लागि आह्वान गरिन्छ  ।’’

टेलिकमका अनुसार हाल बिर्तामोड–इटहरी, इटहरी–धरान, धरान–हिले, हिले–बसन्तपुर, सङ्क्रान्ति बजार–म्याङ्लुग, फिदिम–सङ्क्रान्ति बजार, चन्द्रगढी– चारआली–इलाम, बिर्तामोड–चारआली, घुर्मी–दिक्तेल, घुर्मी–ओखलढुङ्गा–सल्लेरी गरी कुल १० रूटमा  अप्टिकल फाइबर सहप्रयोगका लागि उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८० ११:२८