close

भूकम्प प्रभावित विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले पूर्ण छात्रवृत्ति दिने

टेकपाना टेकपाना

पुस ५, २०८० १४:५३

भूकम्प प्रभावित विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले पूर्ण छात्रवृत्ति दिने

काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने भएको छ । गत कात्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका पाँच विद्यार्थीलाई कलेजले पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो ।

कलेजले स्नातक तह अन्तर्गत आर्किटेक्चर, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियङि, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ र ब्याचलर फर डिप्लोमा होल्डर्सको लागि सिभिल इन्जिनियरिङ कार्यक्रममध्ये पाँच ओटा सिटमा छात्रवृत्तिको घोषणा गरेको हो ।

भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका नागरिक आक्रान्त बनिरहेको अवस्थामा उनीहरूका छोराछोरीका लागि अध्ययन अध्यापनमा सहयोग पुगोस् भनेर स्नातक तहमा पाँच ओटा सिट छुट्याइएकाे कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए ।

विद्यार्थीलाई छात्रवृत्ति प्राप्त गर्न कक्षा ११ र १२ को मार्कसिट, कलेजले लिने प्रवेश परीक्षाको प्राप्ताङ्क, नागरिकता प्रमाणपत्र, भूकम्प प्रभावित क्षेत्रमा स्थायी बसोबास भएको तथा सम्बन्धित स्थानीय निकायको भूकम्प पीडित भनी सिफारिस गरेको पत्र आवश्यक पर्ने कलेजले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८० १५:०