close

विज्ञान, गणित र अङ्ग्रेजी विषयको अध्यापन आईटी मार्फत गराउने सरकारको योजना

टेकपाना टेकपाना

पुस १०, २०८० १७:४९

विज्ञान, गणित र अङ्ग्रेजी विषयको अध्यापन आईटी मार्फत गराउने सरकारको योजना

काठमाडौं । ग्रामीण तथा दक्ष शिक्षक अभाव भएका स्थानीय तहमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारले आगामी आर्थिक वर्षदेखि सूचना प्रविधिको प्रयोग गर्ने भएको छ ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा मङ्गलवार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण तथा दक्ष शिक्षक अभाव भएका विद्यालयमा सूचना तथा प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

"भर्ना अगावै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन सफल भएसँगै अब यसै शैक्षिक वर्षभित्र शिक्षक विद्यार्थी अनुपादमा सुधार गरिदैँछ," उनले भने, "सात प्रदेशमा सुविधायुक्त स्टुडियो निर्माण गरी दुर्गम र दक्ष शिक्षकको अभाव भएको स्थानीय तहहरूका विद्यालयलाई आगामी शैक्षिक वर्षदेखि सूचना प्रविधिको माध्यमबाट विज्ञान, गणित र अङ्ग्रेजी विषयको पठनपाठन सुरु गरिदैंछ ।"

पछिल्लो अध्यावधिक: पुस १०, २०८० १७:४९