काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले पाेखरामा सञ्चालन गरेको आईसीटी इनोभेसन ल्याबकाे माध्यमबाट माइक्रोसफ्टको सर्टिफिकेसन कोर्स पढे ९० प्रतिशतसम्म छुट पाइने भएको छ । केन्द्रका संस्थापक एवं अध्यक्ष महावीर पुनले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै यसबारे जानकारी दिएका हुन् ।
यसअन्तर्गत ९९ देखि २५० डलर (१३ हजारदेखि ३३ हजार रुपैयाँ) सम्म पर्ने काेर्समा ९० प्रतिशत छुट पाइने छ ।
“राष्ट्रिय आविष्कार केन्द्रलाई माइक्रोसफ्टले जाँचको ९० प्रतिशतसम्म शुल्कमा छुट दिएको छ । जाँचको पूरा दस्तुर कोर्स अनुसार ९९ देखि २५० युएस डलरसम्म पर्छ,” पुनले लेखेका छन्, “राष्ट्रिय आविष्कार केन्द्रबाट फारम भरेर जाँच दिँदा १० प्रतिशत रकम मात्र तिरे पुग्छ,”
उनका अनुसार अहिलेसम्म १०० जनाले माइक्रोसफ्टको कोर्स पढेर प्रमाणपत्र लिइसकेका छन् । त्यस्तै जाँचका लागि १५० बढीले तयारी गरिरहेका छन् ।
माइक्रोसफ्टका ती कोर्स पढ्न तपाईंले यहाँ क्लिक गर्न सक्नुहुन्छ । त्यस्तै यसबारे बुझ्न ई. हरिकृष्ण न्यौपाने (ह्वाट्सएप +४४ ७८२६९४५२०५) र ई. इन्द्र ओली (ह्वाट्सएप +९७७ ९८५८०२८२९८) लाई सम्पर्क गर्न सक्नुहुने छ ।