close

टेरामोक्स प्रकरणमा संसदीय समितिले उठायो १२ प्रश्न, तत्काल छानबिन गर्न अख्तियारलाई निर्देशन

टेकपाना टेकपाना

पुस ११, २०८० १६:२९

टेरामोक्स प्रकरणमा संसदीय समितिले उठायो १२ प्रश्न, तत्काल छानबिन गर्न अख्तियारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) खरिद प्रक्रियाबारे अनुसन्धान गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

बुधवार बसेकाे बैठकले टेरामोक्ससम्बन्धी सुक्ष्म अनुसन्धान नगरेसम्म सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएकाे हाे ।

यो प्रणाली खरिद गर्ने सम्बन्धमा हालसम्म सम्पादित सम्पूर्ण कामहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गरी शीघ्र निष्कर्षमा पुग्न र अधिकारको दुरुपयोग गरी राज्यलाई हानी नोक्सानी हुने गरी कार्य सम्पादन गरे, गराएको पाइएमा सम्बन्धित पदाधिकारी सबैलाई हदैसम्मको कारबाहीका लागि माग दावी सहित कानून बमोजिम अभियोजन प्रक्रियामा लैजान र ३० दिन भित्र सो सम्बन्धी कार्यप्रगति विवरण समितिलाई उपलब्ध गराउन समितिको यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ,'' बैठकले जारी गरेको निर्णयमा उल्लेख छ ।

लेखा समितिले टेरामोक्स प्रणाली खरिदबारे बुधबार नियामक नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायत निकायका अधिकारीहरूसँग छलफल गरेको थियो । समितिले खरिद प्रक्रियामा १२ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको छ ।

यस्ता छन् छलफल तथा निर्णय

*समाचारकाे शीर्षक परिवर्तन गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस ११, २०८० १८:४९