close

सवा १ लाख फलोअर भएको क्लासिक टेकको फेसबुक पेज गायब !

टेकपाना टेकपाना

पुस १५, २०८० १५:५४

सवा १ लाख फलोअर भएको क्लासिक टेकको फेसबुक पेज गायब !

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकको फेसबुक पेज गायब भएको पाइएको छ । एक लाख ३२ हजार बढी फलोअर भएको क्लासिक टेकको फेसबुक पेज गायब भएको हो ।

अहिले फेसबुककमा क्लासिकटेक (https://www.facebook.com/classictech) युजरनेम भएको फेसबुक पेज उपलब्ध छैन । त्यसको सट्टा कम्पनीले नयाँ फेसबुक खोलेको छ । नयाँ पेज ‘क्लासिक टेक प्रालि’को पेज ट्रान्सप्यारेन्सीमा हेर्दा सो पेज २० डिसेम्बर २०२३ मा तयार पारेको देखिन्छ ।

आर्काइभमा कम्पनीको वेबसाइट हेर्ने हो भने २० डिसेम्बर २०२३ मै वेबसाइट अपडेट गरेर नयाँ फेसबुक पेज लिङ्क गरेको देखिन्छ ।

गुगलमा क्लासिक टेकको नाम सर्च गर्ने हो भने पनि सो पेजबाट प्रकाशित भएका पोस्टको लिङ्क देखिन्छ । तर, लिङ्क खोल्ने हो भने पेज उपलब्ध नभएको लिङ्क देखिन्छ ।

कम्पनीले भने यसबारे आधिकारिक जानकारी दिएकाे छैन । नाम नबताउने सर्तमा एक कर्मचारीले फेसबुक पेज डिलिट गरेको र नयाँ पेज सञ्चालन गरिसकेको बताए । 

(*समाचार शीर्षक परिवर्तन गरिएको छ । सं.)

पछिल्लो अध्यावधिक: पुस १५, २०८० १६:१