close

विश्वका १०० भन्दा बढी देशमा रहेको एडुरोमको इन्टरनेट सेवा अब वीर अस्पतालमा पनि

टेकपाना टेकपाना

पुस १६, २०८० १५:२०

विश्वका १०० भन्दा बढी देशमा रहेको एडुरोमको इन्टरनेट सेवा अब वीर अस्पतालमा पनि

काठमाडौं । वीर अस्पताल परिसरमा एडुरोमको इन्टरनेट सेवा विस्तार भएको छ । सीमित क्षेत्रमा मात्र उपलब्ध सेवालाई नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) ले विस्तार गरेको हो । 

यससँगै एडुरोममा जोडिएका सङ्घसंस्थाका प्रतिनिधिहरू वीर अस्पताल पुग्दा इन्टरनेटमा सजिलै पहुँच पाउन सक्ने भएका छन् । साथै अस्पतालका डाक्टर तथा अनुसन्धानकर्ताहरू एडुरोममा आबद्ध देश तथा विदेशमा रहेको अर्को शैक्षिक तथा अनुसन्धान संस्था पुग्दा त्यहाँ समेत निःशुल्क इन्टरनेटमा जोडिन सक्ने छन् ।

एडुरोमको प्रयोगबाट विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान सम्बन्धी संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरू एक संस्था बाट अर्को संस्थामा जाँदा आफ्नो शैक्षिक संस्थाको युजरनेम र पासवर्डबाट इन्टरनेटमा जोडिन सक्छन् । हाल १०० भन्दा बढी देशको सङ्घसंस्थाहरूमा एडुरोम सञ्चालनमा आइसकेको छ । 

नेपालमा समेत एनआरईएनले आठ वटा विश्वविद्यालय र थप ३० वटा शैक्षिक तथा अनुसन्धान संस्थामा एडुरोम स्थापित गरिसकेको छ ।

 

पछिल्लो अध्यावधिक: पुस १६, २०८० १५:२०