close

२ रुपियाँ चलचित्रको ‘कुटुमा कुटु’ गीतले युट्युबमा कमायाे २० करोड भ्युज

टेकपाना टेकपाना

पुस २८, २०८० १३:४९

२ रुपियाँ चलचित्रको ‘कुटुमा कुटु’ गीतले युट्युबमा कमायाे २० करोड भ्युज

काठमाडौं । युट्युबमा २० करोड भ्युज प्राप्त गर्ने पहिलो नेपाली गीत ‘कुटुमा कुटु’ बनेको छ । चलचित्र ‘२ रुपियाँ’मा समावेश यो गीतले शुक्रवार नयाँ रेकर्ड कायम गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै गीतका रचनाकार तथा सङ्गीतकार राजनराज शिवाकोटीले खुसी  बाँड्दै गीत बन्दाको कथा र शब्द लेखिएको पानाको फोटो शेयर गरेका छन् ।

गीतमा शिवाकोटीकै स्वर रहेको छ भने उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । त्यस्तै म्युजिक भिडिओमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

युट्युबमा यो गीत सन् २०१७ को मे २८ मा रिलिज भएको थियो ।

युट्युबमा १० करोड बढी भ्युज पाउने नेपाली गीतमा क्रमश:  'माया लुकी लुकी',  'साली मन पर्यो', 'पिरिम नलाउनी', 'फुल बुट्टे सारी' लगायत छन् ।

 

पछिल्लो अध्यावधिक: पुस २८, २०८० २०:१