close

वेबसाइट डिजाइन सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै, यसरी हुन सकिनेछ सहभागी

टेकपाना टेकपाना

माघ २२, २०८० १९:१८

वेबसाइट डिजाइन सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै, यसरी हुन सकिनेछ सहभागी

पोखरा । अनलाइनमा वेबसाइट डिजाइन सम्बन्धी निःशुल्क तालिम आयोजना हुने भएको छ । इकमर्स साथी प्रालि नामक कम्पनीले एक हप्ता लामो निःशुल्क वेब डिजाइनिङ तालिम दि‍ने भएको हो । 

सूचना र प्रविधिको विकाससँगै व्यक्तिगत तथा व्यावसायिक वेबसाइट बनाउने क्रम पनि बढ्दैछ । आफ्नो व्यक्तिगत वा व्यावसायिक वेबसाइट निर्माण गर्ने तथा आफैंले व्यवस्थापन गर्न धेरैले रुचि पनि राख्ने गरेका छन् ।

सोही कुरालाई ध्यानमा राख्दै निःशुल्क वेबसाइट डिजाइन तालिम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । आधारभूत वेबसाइट डिजाइन तालिम आगामी २८ माघदेखि सुरु हुने आयोजक कम्पनीका सञ्चालक विजय कुमालले जानकारी दिए । तालिममा इच्छुक जोकोहीले सहभागिता जनाउन सक्ने उनले बताए ।  

आधारभूत तालिममा डोमेन रजिस्ट्रेसन, होस्टिङ, निःशुल्क डोमेन रजिस्ट्रेसन गर्ने तरिका, वर्ड प्रेस इन्स्टल, सेटिङ, फ्रि थिम र प्लगिन प्रयोग गरी ‘रियल-टाइम पर्सनल प्रोजेक्ट डेभलपमेन्ट’को काम सिकाइने कम्पनीले जनाएको छ । 

अहिलेको समयमा नयाँ व्यवसाय, समाचार माध्यम, फर्म आदि संस्थाहरू दर्ता हुनुका साथै वेबसाइट पनि सञ्चालन गर्ने प्रचलन बढ्दै गइरहेको छ । त्यस्ता वेबसाइट बनाउन लगाउँदा संस्थाका व्यक्तिहरूलाई वेबसाइटको सामान्य ज्ञानसमेत नहुँदा धेरै ठगिने गरेको बताउँदै सञ्चालक कुमालले वेबसाइटबारे आधारभूत ज्ञान प्रदान गराउने उद्देश्यले निःशुल्क तालिम सञ्चालन गर्न लागिएको बताए । 

जुमबाट हुने तालिममा सय जनाको मात्रै क्षमता भएकाले अन्य इच्छुकले विजय कुमालको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हेर्न सक्ने व्यवस्था मिलाइएको छ । तालिम हरेक दिन बेलुकी ७ बजेदेखि ८ बजेसम्म चल्नेछ । तालिममा जोडिन चाहनेहरूका लागि जुम आईडी उपलब्ध गराइएको छ । 

Meeting ID: 823 1181 0015 

Passcode: 786876

YouTube: Bijay Kumal

 

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १९:२१