close

स्नातकोत्तर तहमा इन्जिनियरिङ पढ्न इच्छुकका लागि आईओईले खुलायो भर्ना, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

फागुन २, २०८० १२:५५

स्नातकोत्तर तहमा इन्जिनियरिङ पढ्न इच्छुकका लागि आईओईले खुलायो भर्ना, यसरी दिनुहोस् आवेदन

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातकोत्तर तहमा भर्ना खुला खुलाएको छ । एक सूचना प्रकाशित गर्दै संस्थानले आफू अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा सञ्चालित इन्जिनियरिङ सहित विभिन्न विषयहरूको स्नातकोत्तर तहका कार्यक्रमहरूका लागि भर्ना खुलाएकाे हाे ।

इच्छुक विद्यार्थीले ६ फागुनदेखि  २० फागुनसम्म अनलाइन आवेदन फारम भर्नुपर्ने छ । त्यस्तै प्रवेश परीक्षा २९ फागुनदेखि सञ्चालन गरिने आईओईले जनाएको छ ।

हाल आईओईले स्नातकोत्तर तहमा कम्प्युटर इन्जिनियरिङ, इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ, पावर सिस्टम इन्जिनियरिङ, कम्प्युटर सिस्टम इन्जिनियरिङ लगायत २२ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । भर्ना तथा प्रवेश परीक्षाबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: फागुन २, २०८० १२:५५