close

अझै तपाईँको भ्यालेन्टाइन भेटिएन ? यी मध्ये कुनै एक डेटिङ एपले गर्न सक्छ मद्दत

टेकपाना टेकपाना

फागुन २, २०८० १५:९

अझै तपाईँको भ्यालेन्टाइन भेटिएन ? यी मध्ये कुनै एक डेटिङ एपले गर्न सक्छ मद्दत

काठमाडौं । भ्यालेन्टाइन्स डे भन्नासाथ धेरैले डेटिङ र रोमान्स सोच्छन् । हुन पनि हो, प्रेमिल संसारमा याे पर्वले ठूलो अर्थ लाग्छ । सम्बन्धलाई थप कसिलो बनाउन चाहनेहरूका लागि यो विशेष दिन हो । पछिल्लो समय सूचना प्रविधिमा भएको विकासले भ्यालेन्टाइन्स डे मनाउने शैलीलाई समेत परिवर्तन गर्दै लगेको छ । ​

यस्तोमा सतहमा आएको प्रविधि हो, डेटिङ प्लेटफर्म । सामान्य अर्थमा बुझ्दा यस्ता डेटिङ एप तथा साइटले प्रेम जोडी मिलाउने काम गर्छन् । विभिन्न तथ्याङ्कले यस प्रकारका प्लेटफर्म प्रयोग गर्नेहरू बढिरहेको देखाउने गरेका छन् 

यदि तपाईं यसअघि नै अरू कोहीसँग प्रेम सम्बन्धमा हुनुहुन्छ भने यस्तो  प्लेटफर्मको खासै अर्थ नहोला । तर तपाईंले अझैं आफ्नो जोडी भेट्नु भएको एउटा विकल्प चाहिँ बन्न सक्छ । के थाहा, तपाईंले आफ्नो जोडी यतैकतै भेट्नुहुन्छ कि !

आज भ्यालेनटाइन्स डेको उपलक्ष्यमा हामी त्यस्ता डेटिङ एप/साइटबारे चर्चा गर्दै छौं, जुन तपाईँका लागि उपयोग हुन सक्छन् ।

टिन्डर (Tinder)

डेटिङ एपहरू मध्ये निकै चर्चित नाम हाे, टिन्डर । कतिपयले यसलाई आधुनिक डेटिङ एप मान्ने गरेका छन् ।

यदि कसैको प्रोफाइल मन परे दायाँतिर स्वाइप गर्ने र मन नपरे बायाँतिर स्वाइप गर्न मिल्ने टिन्डरको यस स्वाइपिङ फर्म्याट निकै प्रख्यात छ । यदि दुवै प्रयोगकर्ताले दायाँतिर स्वाइप गरेको खण्डमा उनीहरू एक-अर्कासँग कुराकानी गर्न सक्छन् । 

यसमा राखिने प्रोफाइल वा बायो (व्यक्तिबारे संक्षिप्त जानकारी) पनि निकै सरल हुन्छन् । एपको आकर्षक फिचर भनेको प्रोफाइलमा राखिने फोटो र व्यक्ति सम्बन्धी लेखिएको ब्लर्ब (छोटो विवरण) हो ।

याे एप नि:शुल्क चलाउन मिले पनि थप फिचरहरूका लागि पैसा तिर्नुपर्ने हुन्छ । एपमा उपलब्ध प्रिमियम फिचर प्रयोग गर्न मासिक ८ डलर तिर्नुपर्ने हुन्छ ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ । 

बम्बल (Bumble) 

बम्बल पनि डेटिङ एप मध्ये उत्कृष्टभित्र पर्छ । यसले पनि टिन्डरमा जस्तै स्वाइप गर्न मिल्ने फिचर दिएको छ । एपले महिलाहरूलाई विशेष प्राथमिकतामा दिने बताउने गरेको छ । किनकी जोडी मिलेपछि एपले पुरुषभन्दा महिलालाई सुरुमा मेसेज पठाउने मौका दिन्छ ।

जोडी बाहेक एपले उस्तै रुचि भएका साथीहरू मिलाउन नेटवर्किङको समेत अवसर दिने गरेको छ । तर एपको पूरै फिचर चलाउन भने मासिक ४० डलर तिर्नु पर्ने हुन्छ ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।

प्लेन्टी अफ फिश (Plenty of Fish)

प्लेन्टी अफ फिश डेटिङ एपहरू मध्ये पुरानोमा पर्छ । याे एप दुई दशकदेखि सक्रिय छ । छोटकरीमा पीओएफ (POF) नामले समेत चिनिने यस प्लेटफर्मको मुख्य फिचर जोडी खोज्‍नु र च्याट गर्नुबाहेक डेटिङ गेम खेल्नु वा लाइभस्ट्रिभ गर्नु पनि हो । 

एपको सबै फिचर चलाउन भने मासिक २५ डलर तिर्नुपर्ने हुन्छ ।.

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।

बडु (Badoo) 

२००६ मा सार्वजनिक भएको बडु सामाजिक सञ्जाल साइट जस्तै छ । यसमा आफू नजिकै रहेका व्यक्तिहरू खोज्ने लगायतका आकर्षक फिचर छन् । त्यस्तै टिन्डरमा भएको स्वाइपिङ फिचर पनि यसमा छ ।

यसका प्रिमियम फिचर चलाउन चाहनुहुन्छ भने मासिक १० डलरसम्म तिर्नुपर्ने हुन्छ । 

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।


ग्राइन्डर (Grindr) 

ग्राइन्डर एलजीबीटीक्यू (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) समुदाय केन्द्रित छ । यसका अधिकांश फिचर टिन्डरजस्तै छन् । प्रिमियम भर्सन चलाउन चाहनुहुन्छ भने मासिक शुल्क २० डलर रहेको छ ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।

ओकेक्युपिड (OkCupid)

प्रयोगकर्ताको चाहना र व्यक्तित्वका हिसाबले जोडी खोजिदिने प्लेटफर्मका रुपमा परिचित नाम हाे, ओकेक्युपिड । यसका लागि एप प्रयोग गर्नुअघि प्रयोगकर्ताले ५० देखि १०० प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । जसको आधारमा एपको एल्गोरिदमले उपयुक्त जोडी खोजिदिने गर्छ । 

यसको प्रिमियम भर्सन चलाउन मासिक शुल्क १५ डलर तिर्नुपर्छ ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ । 

कफी मिट्स बेगल (coffee meets bagel)

कफी मिट्स बेगल डेटिङ एप मात्र नभएर सामाजिक सञ्जाल पनि हो । एपले प्रयोगकर्तालाई ‘बेगल’ (बाक्लो र मिठो गोलकार रोटी) र ‘लाइक अ बेगल’ शब्दले प्रतिबिम्बित गर्ने गरेको छ । जब दुई प्रयोगकर्ताहरूले एकअर्काको प्रोफाइल ‘लाइक’ गर्छन्, तब सात दिनसम्म कुराकानी गर्ने उनीहरूको बाटो खुल्छ ।

एपले विभिन्न प्रिमियम फिचर पनि दिने गरेको छ । तर त्यसका लागि पैसा तिर्नुपर्छ । यसका लागि मासिक २० डलर लाग्छ ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।

हिन्ज (Hinge)

२०१३ मा डेटिङ एपको बजारमा भित्रिएको हिन्जलाई कतिपयले टिन्डरको विकल्पका रूपमा लिने गरेका छन् । यसमा अन्य प्रयोगकर्तालाई मेसेज पठाउन प्रोफाइल (विवरण) मिल्न आवश्यक छैन ।

त्यस्तै प्रोफाइल स्वाइप नगरी प्रयोगकर्ताले एक-अर्काको विशेष फोटो अथवा व्यक्तिगत प्रम्प्टलाई ‘लाइक’ गरेर अन्तर्क्रिया गर्छन्, जुन प्रयोगकर्ता आफैंले राख्न सक्छन् । यसको प्रिमियम फिचर चलाउन भने मासिक १० डलर तिर्नुपर्ने हुन्छ ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २, २०८० १५:३९