close

रात्रिकालीन अनलाइन डेलिभरी राइडर लुटपाटमा संलग्न डान्सबार सञ्चालक सहित २ जना पक्राउ

टेकपाना टेकपाना

फागुन १४, २०८० १५:१७

रात्रिकालीन अनलाइन डेलिभरी राइडर लुटपाटमा संलग्न डान्सबार सञ्चालक सहित २ जना पक्राउ

काठमाडौं । रातको समयमा अनलाइन फुड डेलिभरी गर्ने राइडरलाई लुटपाट गर्ने गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले राति अनलाइन फुड डेलिभरी गर्नेमाथि लुटपाट गर्ने दुई जनालाई बालाजु बसपार्कबाट आइतरबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बालाजु बसपार्क स्थित एक डान्सबारका सञ्चालक काभ्रेका २९ वर्षका यानकुमार लामा  र दोलखाका २९ वर्षीय मधुकर गोले रहेका छन् । उनीहरूले राति अनलाइन फुड डेलिभरी गर्ने व्यक्तिलाई डर, धाकधम्की देखाइ लुटपाट एवं कुटपिट समेत गर्ने गरेको प्रहरीले जनाएको छ । 

हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन १४, २०८० १५:१७