close

अपस्किलको ३ महिने डिजिटल मार्केटिङ कोर्स, अनलाइन र भौतिक दुवैमा पढ्न मिल्ने

टेकपाना टेकपाना

फागुन २४, २०८० ६:३७

अपस्किलको ३ महिने डिजिटल मार्केटिङ कोर्स, अनलाइन र भौतिक दुवैमा पढ्न मिल्ने

काठमाडौं । अपस्किल नेपालले मार्केटिङ पेसाकर्मीलाई लक्षित गर्दै तीन महिने डिजिटल मार्केटिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विज्ञ प्रशिक्षक प्रज्ज्वल कार्कीको नेतृत्वमा कम्पनीले डिप्लोमा तहको तालिम कार्यक्रम दिने भएको हो ।

यो कोर्स अध्ययन गर्ने सहभागीलाई तीन महिनाको इन्टर्नशिप, जागिर नियुक्तिमा सहयोग, सीभी लेखन र व्यापार पिचिङ जस्ता सुविधा समेत बोनसमा दिइने उल्लेख छ । यो तालिम कार्यक्रमको एउटा प्रमुख विशेषताको रूपमा बिजनेस इन्क्युबेसन हब हो, जसले सहभागीको व्यावसायिक सोचमा सहयोग पुर्‍याउँछ ।

प्लेसमेन्ट साझेदारहरू समेत आबद्ध यो कार्यक्रममा सहभागी विद्यार्थीले मिनी रोजगार मेला, नेटवर्किङ सत्र र नेटवर्किङ अवसर प्राप्त गर्नेछन् । अपस्किलले सञ्चालन गर्ने डिजिटल मार्केटिङ सम्बन्धी डिप्लोमा कार्यक्रम भौतिक र अनलाइन दुवै माध्यममा उपलब्ध हुनेछ ।

अपस्किल नेपालले एचआर प्रशिक्षण समेत पनि दिने गरेको छ । कम्पनीकी संस्थापक सृष्टी खड्काले डिजिटल रूपमा सफल हुन सघाउ पुर्‍याउने उद्देश्यका साथ गुणस्तरीय शिक्षामा जोड दिइएको बताइन् ।

अपस्किल नेपालले एआई, आईओटी, ब्लकचेन, पाइथन विथ डेटा साइन्स र एलएलएम सेसन सञ्चालनका लागि प्रिक्सा टेक्नोलोजीसँग सहकार्य गर्नेछ । ​प्रिक्साले आफ्नो नयाँ प्रविधिसँगको अनुभव सीपमूलक शिक्षाको मध्यमबाट बाँड्नेछ । 

यो कोर्सको शुल्क ३८ हजार रुपैयाँ रहेकोमा कम्पनीले छुट अफर अन्तर्गत ३२ हजारमै उपलब्ध गराउने जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २४, २०८० ६:३७