close

एआई च्याटबटका लागि आफ्नो प्रम्प्ट सुधार्न चाहनुहुन्छ ? खेल्नुहोस् गुगलको यो गेम

टेकपाना टेकपाना

चैत ७, २०८० १२:५९

एआई च्याटबटका लागि आफ्नो प्रम्प्ट सुधार्न चाहनुहुन्छ ? खेल्नुहोस् गुगलको यो गेम

काठमाडौं । अहिलेका विभिन्न जेनेरेटिभ एआई टुलबाट आफूले चाहेको जस्तै नतिजा निकाल्न लेखिने निर्देशन (प्रम्प्ट) निकै राम्रो र स्पष्ट हुन आवश्यक छ । प्रम्प्टकै आधारमा एआई टुलले नतिजा दिने गर्छन् । 

एआई टुलले दैनिक जीवनमा स्थान पाउन थालेसँगै प्रम्प्ट लेखन एक प्रकारको सीप बन्दै गइरहेको छ । तपाईंले जति प्रम्प्ट लेखनमा मेहनत गर्नुहुन्छ, यो सीप उति नै विकास हुँदै जान्छ ।

प्रम्प्ट लेखनलाई सुधार गर्न अनलाइनमा विभिन्न स्रोत पाइन्छन् । ती मध्ये कतिपय निकै गहन हुन्छन् त कतिपय पूर्ण रूपमा प्राविधिक । 

यही कुराको समाधान गर्न गुगल आर्ट्स एन्ड कल्चरले 'से ह्वाट यु सी' नामक एउटा रमाइलो गेम ल्याएको छ । यस गेमले जेनेरेटिभ एआईबाट तस्वीर बनाउँदा आवश्यक पर्ने प्रम्प्ट लेख्न, बुझ्न सहयोग गर्छ ।

यस गेम निकै सामान्य र प्रभावकारी छ । यसमा प्रम्प्ट लेखन सिक्न एआईले तयार पारेका तस्वीर सुरुमा देखाइन्छ । अब तपाईंले उक्त तस्वीर हेरेर १२० क्यारेक्टर सम्मको प्रम्प्ट लेख्नुपर्ने हुन्छ । त्यसपछि उक्त प्रम्प्टका आधारमा समेत गुगल एआईबाट तस्वीर तयार हुन्छ ।

त्यस्तै पहिलेको तस्वीरमा तपाईंको प्रम्प्ट कति मिल्यो भनेर प्रतिशतमा पनि देखिन्छ । सँगै तपाईंले आफ्नो प्रम्प्टमा अब केके थप्नु पर्छ भन्ने टिप्स पनि देखिन्छ । 

यस खेलमा विभिन्न लेभल पनि हुन्छन् । ती लेभल पार गर्न देखाइने तस्वीरसँग मिल्ने उत्कृष्ट प्रम्प्ट लेख्नुपर्ने हुन्छ । यसका लागि तपाईंले तीन पटकसम्म प्रप्ट लेख्ने मौका पाउनु हुन्छ  । 

यस गेमलाई गुगल आर्ट्स एन्ड कल्चरको मोबाइल एप तथा वेबमा खेल्न सकिन्छ । एप मोबाइलमा डाउनलोड गर्न यहाँ र वेबमा जान यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: चैत ७, २०८० १३:३३