close

‘ईसेवा वा कनेक्ट आईपीएसबाट बोल्दै छु’ भन्दै फोन आयो ? ठगिनु होला !

टेकपाना टेकपाना

चैत १०, २०८० १२:२८

‘ईसेवा वा कनेक्ट आईपीएसबाट बोल्दै छु’ भन्दै फोन आयो ? ठगिनु होला !

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायकको नाममा ठगी भइरहेको भन्दै साइबर ब्युरोले सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको हो । शुक्रवार एक सूचना जारी गर्दै ब्युरोले भ्रामक फोन कलमा विश्वास नगर्न सचेत गराएको हो ।

पछिल्लो समय विभिन्न फोन नम्बरहरूबाट ‘म ईसेवा वा कनेक्ट आईपीएसबाट बोलिरहेको छु’ भन्दै  बोनस/चिठ्ठा प्राप्त भएको लोभ देखाई ठगी हुने गरेको ब्युरोले उल्लेख गरेको छ ।

‘‘विभिन्न फोन नम्बरहरूबाट ‘म ईसेवा वा कनेक्ट आइपीएसबाट बोलिरहेको छु र तपाईँलाई बोनसरचिठ्ठा प्राप्त भएकोले हामीले एसएमएसमार्फत पठाएको लिङ्कमा क्लिक वा सो लिङ्कलाई कुनै अन्य नम्बरमा फरवार्ड गर्नुहोस’ भन्ने जस्ता फोन कल आउने र त्यस्ता लिङ्कमा क्लिक गर्दा वा फरवार्ड गर्दा सम्बन्धित उपकरणमा लगइन भइरहेका ईसेवा वा कनेक्ट आईपीएसका क्रेडेन्सियल (युजरनेम पासवर्ड) ह्याक गरी आर्थिक ठगी हुने गतिविधी बढिरहेकोले आम जनमानसमा यस्ता भ्रामक फोन कलहरूमा विश्वास नगर्न साथै त्यस्ता लिङ्ङ्कमा क्लिक फरवार्ड समेत नगर्न हुन साइबर ब्यूरो सबैमा अनुरोध गर्दछ,’’ सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १०, २०८० १२:२८