close

के तपाईंलाई थाहा छ टेरा बक्सले निःशुल्क १ टीबीको क्लाउड स्टोरेज दिन्छ ?

टेकपाना टेकपाना

चैत १२, २०८० १५:६

के तपाईंलाई थाहा छ टेरा बक्सले निःशुल्क १ टीबीको क्लाउड स्टोरेज दिन्छ ?

काठमाडौं । टेरा बक्सले एक टीबीसम्मको क्लाउड स्टोरेज दिने गरेको छ । प्रयोगकर्ता माझ डिजिटल स्टोरेजको आवश्यकता र सुरक्षाको सरोकार दुवै बढ्दै गएको समयमा कम्पनीले यस्तो सुविधा ल्याएको हो ।

हाई-रेजोलुसन फोटो, भिडिओ र फराकिला बन्दै गएका एप लाइब्रेरी जस्ता डिजिटल कन्टेन्टमा भइरहेको बढोत्तरीसँगै मोबाइल तथा कम्प्युटर डिभाइसमा भएको स्टोरेज क्षमता अपर्याप्त भइरहेको छ । त्यसो त यस किसिमको आवश्यकतालाई मध्यनजर गर्दै स्मार्टफोनहरूमा उपलब्ध हुने स्टोरेज पनि क्रमशः बढ्दै गएको छ ।

यति हुँदा पनि प्रयोगकर्ताले बेलाबेलामा बिल्ट-इन अर्थात् डिभाइसमा हुने स्टोरेजको सीमिततासँग जुध्नुपरिरहेको हुन्छ । टेराबक्सको यो नयाँ सेवाले त्यस किसिमको चुनौती सम्बोधन गर्नेगरी थप शुल्क बिना नै उल्लेखनीय मात्रामा क्लाउड स्टोरेज दिन थालेको हो ।

डिजिटल युगमा स्टोरेजको आवश्यकता व्यवस्थापन गर्ने तरिकामा समेत उल्लेखनीय रूपान्तरण देखिएको छ । स्टोरेज बढाउने परम्परागत उपायको रूपमा धेरै स्टोरेज भएको डिभाइस किन्ने अथवा एक्सटर्नल हार्ड ड्राइभ उपयोग गरिन्थ्यो भने अहिलेको समयमा त्यसको ठाउँ सहज किसिमका क्लाउड स्टोरेज सोलुसनले लिन थालेका छन् ।

आधुनिक डिजिटल उपभोक्ताको बढ्दो मागलाई यस्ता कम्पनीले उपलब्ध गराउने निःशुल्क स्टोरेजको विकल्पले सम्बोधन गर्न असफल भइरहेका देखिन्छन् । तर यो मामिलामा टेरा बक्सले भने एक टीबीको निःशुल्क स्टोरेज सुविधासँगै बजारमा आफ्नो बेग्लै पहिचान दिन खोजेको छ ।

विकसित इन्क्रिप्सन प्रोटोकल, विश्व डेटा संरक्षण नियमावलीको पालना र पारदर्शी गोपनीयता नीतिको माध्यमबाट बलियो डेटा सेक्युरिटी समेत उपलब्ध गराउने टेरा बक्सको प्रतिबद्धता छ । यद्यपि कम्पनीले आफ्नो डेटाको सुरक्षाका लागि प्रयोगकर्ताकै भूमिकामा बढी जोड दिएको छ ।

त्यसका लागि मौलिक प्रकारका लगइन क्रेडेन्सियल र थर्ड पार्टी प्लेटफर्मबाट हुन सक्ने अकाउन्ट ह्याकिङका सम्भावित दुर्घटनाबाट सचेत रहनु पर्ने उल्लेख छ । निःशुल्क स्टोरेज भए पनि यसमा तपाईंले अनावश्यक रूपमा अनेक प्रकारका विज्ञापनको भने सामना गर्नुपर्ने हुन्छ । कतिपय प्रयोगकर्ताले यसको यसमा अपलोड गरिएका फाइल सुस्त गतिमा डाउनलोड हुने, पैसा तिर्नुपर्ने, अनावश्यक अनुमति लिने गरेको जस्ता प्रतिक्रिया समेत दिइरहेको पनि भेटिन्छ । 

पछिल्लो अध्यावधिक: चैत १२, २०८० १५:६