close

‘अब भान्सामा ताल्चा लगाउँदा हुन्छ !’ नारा सहित भोलिदेखि पठाओ फुड फेस्ट

टेकपाना टेकपाना

चैत २३, २०८० १८:४०

‘अब भान्सामा ताल्चा लगाउँदा हुन्छ !’ नारा सहित भोलिदेखि पठाओ फुड फेस्ट

काठमाडौं । पठाओ नेपालले शनिवार (चैत २४) देखि पठाओ फुड फेस्ट सञ्चालन गर्ने भएको छ । नोस्टाल्जिया मार्केटिङमार्फत ‘अब भान्सामा ताल्चा लगाउँदा हुन्छ !’ भन्ने नाराका साथ हुने फुड फेस्टको यो दोस्रो संस्करण हो ।

फेस्टमा पहिलेभन्दा अझ धेरै विभिन्न आकर्षक अफर र छुट उपलब्ध गराइएको कम्पनीका मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् । उनका अनुसार पठाओ फुड फेस्टमा विभिन्न सोच्नै नसकिने अफरहरू राखिएको छ, जसमा रु. १ मा पिज्जा, बर्गर ममः र बिर्यानी लगायत अर्डर गर्न पाइनेछ ।

त्यस्तै फ्रेन्च फ्राइज किन्दा बर्गर फ्री, केचप किन्दा पिज्जा फ्री लगायतका अफरसँगै अर्डरहरूमा ८० प्रतिशतसम्मको छुट उपलब्ध गराइने उनले जानकारी दिइन् ।

साथै ग्राहकले हरेक अर्डरमा हातै खाली नजाने स्क्र्याच कार्ड पनि पाउनेछन् । जसमा ग्राहकले हरेक फेस्टका पार्टनर तथा रेष्टुराँ र कम्पनीका तर्फबाट आकर्षक छुट भौचर जित्न सक्ने बताइएकाे छ ।

फुड फेस्टको अवधिमा हरेक साता लक्की ड्रमार्फत साप्ताहिक विजेता घोषणा गरिनेछ । विजेताले फुड फेस्टको पार्टनर कम्पनीबाट विभिन्न आकर्षक उपहारहरू जित्ने मौका प्राप्त गर्नेछन् ।

सो अवधिमा फुड डेलिभरी गर्ने पठाओ हिरोहरूमध्ये १० जनाले इयरबड, डोल्पोको ज्याकेट र ट्राउजरसँगै न्यु मिउको चस्मा पाउनेछन् । त्यस्तै बम्परमा २ जना पठाओ हिरोले आल्मुनियम गेयर साइकल र नगद उपहार समेत प्राप्त गर्नेछन् ।

साथै हरेक साता एक जना भाग्यशाली ग्राहकले ‘मिनिसो ३० सेकेन्ड च्यालेन्ज विथ पठाओ शपिङ’ गर्न पाउनेछन् । यसमा भाग लिन र छनोट हुनका लागि ग्राहकले मिनिसो र पठाओलाई ट्याग गरेर पठाओ फुडफेस्ट सम्बन्धी भिडिओ बनाउनुपर्नेछ ।

भिडिओ बनाउनेमध्ये एक जना भाग्यशाली ग्राहकले हरेक साता मिनिसोको सिलिभ मल वा राइजिङ मल वा जाउलाखेलको आउटलेटमा ३० सेकेन्डका लागि निःशुल्क शपिङको मौका पाउने कम्पनीले जनाएकाे छ ।

त्यस्तै एक जना लक्की विजेताले फुड फेस्टको अन्तिम साता अप्रिल २०–२६ मा भने ब्लेसको सिभिल मलको आउटलेटमा पनि ३० सेकेन्डका लागि निःशुल्क शपिङ गर्न पाउनेछन् ।

साथै फेस्ट सकिएपछि बम्पर प्राइज अन्तर्गत एक भाग्यशाली विजेताले आईफोन १५ जित्न सक्ने अवसर छ । साप्ताहिक तथा बम्पर लक्की ड्रका विजेताको घोषण सामाजिक सञ्जालमार्फत गरिनेछ । साप्ताहिक तथा बम्पर विजेता भने अभियानका क्रममा धेरै अर्डर गर्ने ग्राहकबाट चयन गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८० १८:४०