close

नयाँ वर्षको अवसरमा लुयान ब्रान्डका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्मको छुट पाइने

टेकपाना टेकपाना

चैत २६, २०८० १६:१८

नयाँ वर्षको अवसरमा लुयान ब्रान्डका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्मको छुट पाइने

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा लुयान ब्रान्डका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले आकर्षक छुट पाउने भएका छन् । नेपाली बजारका लागि लुयान स्कुटरको आधिकारिक बिक्रेता ‘जिरो इमिसन राइड (एन) ले यस्तो अफर घोषणा गरेके हो ।

चीनमा निर्मित लुयानका विद्युतीय स्कुटर आज सोमबारदेखि नै ‘नयाँ वर्ष, लुयानको हर्ष’ नामक यो अफर लागु हुने बताइएको छ । यस अफर अन्तर्गत लुयानका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले नगदमा खरिद गर्दा २५ हजार रुपैयाँसम्म छुट पाउन सक्ने छन् ।

लुयानको एमएनके ३ र एस ३० मा १५ हजार रुपैयाँ र एस ७० प्रोमा २५ हजार रुपैयाँ नगद छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । साथै एउटा प्रिमियम हेल्मेट, बाइक कभर र रेनकोट पनि उपहार स्वरूप प्रदान गरिने बताइएको छ ।

यसैगरी सधैं झैं चालु आर्थिक वर्षको कर, छ पटकसम्मको निःशुल्क सर्भिस र विभिन्न पार्टपुर्जामा वारेन्टी समेत पाउन सकिनेछ । यो अफर यही २६ चैत्रदेखि आगामी ३१ वैशाखसम्म लागु हुनेछ ।

कुनै पनि कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटरसँग साटेर पनि लुयानका नयाँ स्कुटर लिन मिल्ने सुविधा पनि कायमै राखिएको छ । साथै नगद नहुने ग्राहकले फाइनान्समा समेत यी स्कुटर खरिद गर्न सक्नेछन् ।

यो स्किम कम्पनीका मुख्य शोरुम नागपोखरी मार्ग, काठमाण्डौं लगायतका अन्य शोरुम तथा डिलरहरुबाट प्राप्त गर्न सकिनेछ ।

लुयान ब्राण्डका हरेक स्कुटरमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि सामान्य मोटर भन्दा बढी हुने दाबी कम्पनीले गर्दै आएको छ ।

यसका साथै लुयानका स्कुटरमा रन फ्ल्याट टायर राखिएका छन् । जसले गर्दा टायर पन्चर भएर त्यसमा हावा नभए पनि करिब ४० देखि ५० किलोमिटरसम्म चलाउँदा रिम र टायरमा असर पर्दैन ।

लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै ब्याट्री चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ सिस्टम लगायतका अत्याधुनिक प्रविधि समावेश छन् । राजधानीका तीन ओटै जिल्ला सहित देशका विभिन्न प्रमुख सहरहरूमा रहेका डिलर मार्फत लुयान ब्रान्डका स्कुटर बिक्री वितरण र बिक्रीपछिको सेवाको व्यवस्था मिलाइएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८० १६:१८