काठमाडौं । नेपाली ग्राहकका लागि अनरले ‘अनर मे उत्सव’ ल्याएको छ । अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले नयाँ प्रवर्द्धनात्मक अभियान घोषणा गरेको हो ।
कम्पनीकाअनुसार यस अभियानमा ग्राहकहरूले अनर स्मार्टफोनको खरिदमा विभिन्न उपहार प्राप्त गर्न सक्ने तथा लक्की ड्र मार्फत भेस्पा स्कुटर जित्न सक्नेछन् ।
जसअन्तर्गत अनर ९० फाइभजीको खरिदमा ग्राहकहरूले १३ हजार ९९९ रुपैयाँको अनर चोइस वाच प्राप्त गर्नेछन् । त्यसैगरी अनर एक्स ९ बी खरिद गर्नेहरूले पाँच हजार ४९९ रुपैयाँ मूल्य भएको अनर चोइस इयरबडस् एक्स फाइभ प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै अनर ९० लाइट खरिद गर्ने ग्राहकहरूले तीन हजार ९९९ रुपैयाँ मूल्यको एङ्कर साउन्डकोर लाइफ पी टु आई र अनर एक्स ८ बीका खरिदकर्ताले दुई हजार मूल्यको साइन्टिफिक क्याल्कुलेटर प्राप्त गर्ने छन् । साथै अनर एक्स फाइभ प्लस खरिद गर्ने ग्राहकले एक हजार ३९५ मूल्यको सुनेलन एस थ्री (Sunelan S3) उपहारको रूपमा पाउने छन् ।
यसबाहेक अनर ९० फाइभजी खरिद गर्ने मध्ये एक जना भाग्यशाली ग्राहकले भेस्पा स्कुटर जित्न सक्ने कम्पनीले जनाएको छ । १ मे बाट सुरु हुने यो अभियान ११ मेसम्म जारी रहनेछ । ग्राहकहरूले अनरका आधिकारिक स्टोर वा दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्महरूबाट समेत स्मार्टफोन खरिद गर्न सक्ने बताइएको छ ।
मोडेल
उपहार
HONOR 90 5G
(१२+२५६)
(१२+५१२)
रु. १३,९९९/- मूल्यको HONOR Choice Watch
HONOR 90 5G खरिद गर्ने मध्ये एक जनाले लक्की ड्र मार्फत भेस्पा जित्न सक्ने ।