close

सामाजिक सञ्जालमार्फत लाञ्छित गरिएको भन्दै गौशाला-२६ ले दिइन् मानव अधिकार आयोगमा निवेदन

टेकपाना टेकपाना

जेठ ५, २०८१ ९:२२

सामाजिक सञ्जालमार्फत लाञ्छित गरिएको भन्दै गौशाला-२६ ले दिइन् मानव अधिकार आयोगमा निवेदन

काठमाडौं । गौशाला-२६ ले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी छन् । आफ्नो चरित्रसँग जोडेर गम्भीर विषयहरू सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचार भएको भन्दै उनले निवेदनमार्फत आयोगको ध्यानाकर्षण गराएकी हुन् ।

बलात्कार मुद्दामा बुधवार उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेले सफाइ दिएसँगै सामाजिक सञ्जालका विभिन्न प्लेटर्फममा आफूविरुद्ध नकारात्मक सामग्री सम्प्रेषण भइरहेकाले मानव अधिकार र न्याय पाउने हकको रक्षा गरिदिन उनले अनुरोध गरेकी छन् ।

अन्याय विरुद्ध आवाज उठाउँदा उल्टै आफूलाई लाञ्छित गरिएको गौशाला २६ ले उल्लेख गरेकी छन् ।

“के न्यायको लागि आवाज उठाउनु अपराध हो र ?” उनले लेखेकी छन्, “यसरी पाखुरा, पैसा र पहुँच भएकाले मात्र न्याय पाउने र आवाज उठाउनेको धतुरो झार्ने, बाँच्नै दुष्कर गराउने हो भने भोलिका दिनमा कुनै पनि महिला, बालिकाले आफूमाथि भएको अत्याचार, बलात्कार र अपराधको विरुद्ध आवाज उठाउने हिम्मत गर्ने छैनन् ।”

पछिल्लो अध्यावधिक: जेठ ५, २०८१ ९:३१