close

६ वर्ष बितिसक्दा पनि आएन ६ महिनामै कार्यान्वयनमा आउने भनिएको एमडीएमएस

टेकपाना टेकपाना

जेठ १४, २०८१ १३:१

६ वर्ष बितिसक्दा पनि आएन ६ महिनामै कार्यान्वयनमा आउने भनिएको एमडीएमएस

काठमाडौं । मोबाइल फोनको कालोबजारी तथा अवैध रूपमा फोन भित्रिने अवस्था अन्त्य गर्ने उद्देश्यले अगाडि बढाइएको मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) परियोजना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको महालेखाले जनाएको छ ।

आइतबार ६१ औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले १७ मंसिर २०७६ भित्र सम्पन्न हुने भनिएको एमडीएमएस हार्डवेयर खरिद तथा जडान कार्य आजका मितिसम्म पनि सम्पन्न हुन नसकेको बताएको छ । 

एमडीएमएस प्रणालीको डिजाइन, सप्लाई, इन्स्टलेसन, कमिसनिङ र अपरेसनका लागि न्युमेरा एसडीएन बीएचडी मलेसियाको जेभीसँग १७ कात्तिक २०७६ भित्र सम्पन्न गर्ने गरी १९ असार २०७६ मा ७० लाख ६६ हजार ८८८ डलरको सम्झौता भएको थियो । सही सम्झौता अन्तर्गत पाँच वर्षसम्म प्राविधिक सहायता उपलब्ध गराउने विषय समेत समेटिएको थियो ।

यसका लागि हालसम्म १६ लाख ६८ हजार ६५ डलर भुक्तानी भइसकेको छ । तोकिएको अवधिभित्र काम सम्पन्न नहुँदा पटक पटक गरी ४ चैत २०८० सम्मको म्याद तोकिएकोमा त्यस अवधिभित्र पनि सम्झौता अनुसारको हार्डवेयर खरिद तथा जडान कार्य सम्पन्न नभएको महालेखाले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८१ १३:१४