close

सरकारले अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगता आयोजना गर्ने

टेकपाना टेकपाना

जेठ १५, २०८१ १६:३८

सरकारले अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगता आयोजना गर्ने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा ई-स्पोर्ट्स सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ई-स्पोर्ट्सलाई प्रोत्साहन गरिने बताए ।

“आधुनिक प्रविधिसँग जोडिएको ई-स्पोर्ट्सको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ,” उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १७:४७