close

सामाजिक सञ्जालमा टेकपानाको नक्कली अकाउन्टबाट अवैध बेटिङको प्रचार, नझुक्किन अनुरोध

टेकपाना टेकपाना

जेठ १६, २०८१ २०:२०

सामाजिक सञ्जालमा टेकपानाको नक्कली अकाउन्टबाट अवैध बेटिङको प्रचार, नझुक्किन अनुरोध

 

काठमाडौं ।  विगत केही समययता आफ्नो नाम र लोगो दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जाल अकाउन्ट बनाई भ्रामक सूचनाहरू फैलाइएको प्रति टेकपानाले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै टेकपाना मिडियाले नक्कली अकाउन्टबाट प्रकाशन र प्रसारण भइरहेका भ्रामक सामग्री प्रति सचेत रहन र आधिकारिक अकाउन्टलाई मात्र फलो गर्न अनुरोध गरेको हो । 

"यस्ता नक्कली पेज बनाउनेहरूलाई कारबाहीका लागि हामीले नेपाल प्रहरीसँग समन्वय पनि गरिरहेका छौं," टेकपानाले सूचना मार्फत भनेको छ, "टेकपानाको नाम र लोगो दुरुपयोग गरी बनाइएका अकाउन्टहरूबाट नझुक्किई हाम्रो वेबसाइट र सामाजिक सञ्जालका आधिकारिक अकाउन्टहरूलाई फलो गरिदिनु हुन अनुरोध छ ।" 

टेकपानाको नाम र लोगो दुरुपयोग गरी कुनै सामाजिक सञ्जालमा पेज बनाइएको पाइएमा [email protected] वा हाम्रा आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमार्फत जानकारी गराई सहयोग गरिदिनु हुन समेत अनुरोध छ । 

 

टेकपानाको नाममा बनाइएको नक्कली अकाउन्ट

विगत केही महिनादेखि टेकपानाको नाममा सामाजिक सञ्जाल फेसबुकमा एक नक्कली पेज बनाइएको छ । जसमा टेकपानाको लोगो र नाम मात्र नभई वेबसाइट, फोन नम्बर, ईमेल आईडी लगायतका जानकारीका साथै पेजबाट गरिने अधिकांश  पोस्ट समेत टेकपानाकै वेबसाइटका समाचार सामग्री रहेका छन् । यसबाट अधिकांश पाठक तथा दर्शक झुक्किने गरेको पाइएको छ । 

गम्भीर विषय त के छ भने यो नक्कली पेजबाट विभिन्न सामग्री बुस्ट गर्ने गरिएको छ । जसमा अवैध सट्टेबाजी लगायतका गैरकानुनी गतिविधि समेत रहेका छन् । 


 

सामाजिक सञ्जालमा रहेका टेकपानाका आधिकारिक अकाउन्ट

१. युट्युब 

२. इन्स्टाग्राम 

३. टिकटक 

४.  फेसबुक 

५. थ्रेड्स 

६. एक्स तथा ट्वीटर 

७. फेसबुक (भिडिओ) 

८. भाइबर

पछिल्लो अध्यावधिक: जेठ १६, २०८१ २०:२९