close

शनिबार काठमाडौंमा साइबर सुरक्षा सम्बन्धी मिटअप हुँदै, यसरी निःशुल्क बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

जेठ १७, २०८१ १२:२०

शनिबार काठमाडौंमा साइबर सुरक्षा सम्बन्धी मिटअप हुँदै, यसरी निःशुल्क बन्नुहोस् सहभागी

काठमाडौं । साइबर सुरक्षाका क्षेत्रमा काम गर्दै आएका व्यक्ति र त्यसमा रुचि राख्नेहरूको मिटअप हुने भएको छ । साइबर सुरक्षा कम्पनी भैरव टेक्नोलोजीको आर्थिक सहयोगमा यही शनिबार काठमाडौं च्याप्टरको छैटौं ओवास्प मिटअप ‘0x06 Meetup for OWASP Kathmandu’ हुने भएको हो । 

इसलिङटन कलेज कमलपोखरीमा हुने यस कार्यक्रममा जोकोही निःशुल्क सहभागी बन्न सक्नेछन् । कार्यक्रममा विशेषगरी एप्लिकेसन सेक्युरिटी, बग बाउन्टी, नेटवर्क सेक्युरिटी, थ्रेट हन्टिङ लगायतका विषयमा छलफल हुने बताइएको छ । 

कार्यक्रममा सहभागी हुनेहरू साइबर सुरक्षासम्बन्धी क्विज र ह्याकिङ प्रतिस्पर्धामा पनि सहभागी हुन पाउनेछन् । शनिबार बिहान १० बजेदेखि एक बजेसम्म हुने सो कार्यक्रममा इच्छुक व्यक्तिले यहाँ क्लिक गरेर ‘वेटलिस्ट’ जोइन हुन सक्नेछन् । वेटलिस्टबाट छनोट भएका व्यक्तिहरू कार्यक्रममा सहभागी हुन सक्नेछन् । 

 

पछिल्लो अध्यावधिक: जेठ १७, २०८१ १२:३२