close

सन्दीपले भिसा पाएको पुरानो समाचार सामाजिक सञ्जालमा भाइरल

टेकपाना टेकपाना

जेठ १९, २०८१ १८:३८

सन्दीपले भिसा पाएको पुरानो समाचार सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भिसा पाएको भन्दै अनलाइनमा भ्रामक समाचार फैलाइएको छ । विभिन्न सामाजिक सञ्जालमा पुराना समाचार शेयर गर्दै लामिछानेले भिसा पाएको भन्दै विभिन्न व्यक्तिहरूले पोस्ट तथा कमेन्ट गरिरहेका छन् । 

भोलिदेखि अमेरिका र वेस्टविण्डिजमा सुरु हुने आईसीसी टी(ट्वान्टी विश्वकप खेल्न लामिछानेले काठमाडौंस्थित अमेरिकी दूतावासमा दुई(दुई पटक भिसाका लागि आवेदन दिएका थिए । तर ९ र १७ जेठ गरी दुवै पटक अमेरिकी दूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो ।

यसअघि २०१९ मा सन्दीपले अमेरिका हुँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान आवेदन दिन जाँदा समेत अमेरिकी दूतावासले सुरुमा भिसा दिन मानेको थिएन । तर पछि उनलाई अन्तर्वार्तामा बोलाएर भिसा दिइएको थियो । 

त्यतिबेला कै समाचारलाई अहिले सामाजिक सञ्जालमा पुनस् शेयर गर्दै भाइरल बनाइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८१ १८:४१