close

पर्याप्त विद्यार्थी नपाउँदा पूर्वाञ्चल विश्वविद्यालयले पुनः खुलायो स्नातकोत्तर इन्जिनियरिङको भर्ना

टेकपाना टेकपाना

जेठ २०, २०८१ २०:२३

पर्याप्त विद्यार्थी नपाउँदा पूर्वाञ्चल विश्वविद्यालयले पुनः खुलायो स्नातकोत्तर इन्जिनियरिङको भर्ना

काठमाडौं । पर्याप्त विद्यार्थी नपाएपछि पूर्वाञ्चल विश्वविद्यालयले स्नातकोत्तर तहको इन्जिनियरिङमा पुन: प्रवेश परीक्षाको फाराम खुलाएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायले स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा प्रवेश परीक्षाका लागि दोहोर्‍याएर अनलाइन आवेदन माग गरेको हो ।

यसअघि गत चैतमा पनि विश्वविद्यालयले शैक्षिक सत्र २०२४ का लागि नयाँ भर्ना खुलाएको थियो । जसअनुसार भर्ना हुन चाहने विद्यार्थीहरूले गत २२ वैशाखमा सञ्चालित प्रवेश परीक्षामा माग लिएका थिए । 

शैक्षिक सत्र २०२४ को भर्नाका लागि प्रवेश परीक्षा लिइसकेको भए पनि विद्यार्थी सिट अझै रिक्त रहेका छन् । सोही सिटमा भर्नाका लागि विश्वविद्यालयले विद्यार्थीलाई फाराम भर्न आह्वान गरेको हो ।

इच्छुक योग्य विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेको स्कुल, क्याम्पस तथा कलेजमा शैक्षिक कार्यक्रम छनौट गरी २ असारसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने छन् । यसका लागि विश्वविद्यालयले तीन हजार नियमित र पाँच हजार रुपैयाँ विलम्ब शुल्क तोकेको छ । यसबारे थप जान्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

 

हेर्नुहोस् सूचना

 

पछिल्लो अध्यावधिक: जेठ २०, २०८१ २०:२३